स्कुटरमा उपाध्यक्षका देवरको रजाँई

श्रावण ३०, कालिकोट। शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरुपयोग गरेकि छन ।
आफ्नो कार्यकाल संचालनको पहिलो वर्षमै आफु चढ्नको लागी निकालिएको भे १ ब १४२४ नम्बरको स्कुटर केही महिनादेखी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आफ्नो स्वदोर देवर दिपक शाहीलाई प्रयोग गर्न दिएको आरोप लागेको छ ।

गाउँपालिकाको वजेटमा खरिद गरी निकालिएको स्कुटर आफ्ना आँसेपासेलाई मस्ती गर्न दिएको भन्दै स्थानिय नागरिकले चर्को आलोचना सहित विरोध गरेका छन ।
राज्यको सम्पती जन्ताको सेवाको लागी प्रयोग गर्नु स्वभाविक छ तर, सम्पतीको दुरु पयोग गर्न पाइदैन स्थानिय तिलक चौलगाँईले बताए ।उनले भने,’ ‘जुन शुभकालिका गाउँपालिकामा सडकनै पुगेको छैन, स्थानिय नागरिक सडकको पँहुचमा छैनन्, अझैपनी यहाँका नागरिक पिठ्युँमा भारी बोक्न बाध्य छन, उता गाउँपालिकाले महंगो स्कारपिर्यो गाडी खरिद गरी मोज मस्ती गरिरहेका छन ।

त्यसैमा उपाध्यक्ष शाहीले आफु चढ्नकोलागी गाउँपालिकाले दिएको स्कुटर आफ्नो देवरलाई सुर्खेतमा मस्ती गर्नदिएर आफुगाउँपालिकाको स्कारपिर्यो प्रयोग गर्दै आइरहेकी छन । यस्ता गतिविधिले गर्दा स्थानिय तहका जनप्रतिनिधिहरु प्रति नागरिक वाक्क दिक्क परेका छन।

गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाहीले स्कुटर बिग्रेर एक वर्षदेखी मान्म बजारमा रहेको बताएकी छन । आफुले मान्मदेखी स्कुटर मर्मतका लागी साउन महिनामा सुर्खेत लगेको हो। एकवर्ष हैन, एकमहिना मात्र भएको बताउदै आफ्नो श्रीमान र आफन्तले नचढे कसले चढ्ने? भन्दै रिसिएर जवाफ दिएकी छन । आफ्नो आफन्तले नचढे गिराप्तर गरी लैजान उल्टै समेत चुनौति दिएकी छन ।

उपाध्यक्ष शाहीले स्कुटर सुर्खेत लगेको एक महिना भएको भनेता पनी स्कुटर गाडीमा हालेर सुर्खेत लगेका गाडी मालिक कर्णबहादुर केसीले वैशाख होकी जेठ महिनामा हो, आफुलाई ठम्मै भएन त्यस्तै चार पाँच महिना भएको बताएका छन । तर,उपाध्यक्ष शाहीले आफुमाथी लागेको आरोप लुकाउन बिग्रेको स्कुटर मर्मतको लागी सुर्खेत लगेको एक महिना पुग्न लागेको बताएकी छन ।

यस्तै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत केन्द्रबहादुर शाहीले लामोसमय देखी बिग्रेर थन्काइएको स्कुटर खोजी गरी मर्मत गर्न भनेको थिएँ ।’ मर्मत भयो भएन, आफुलाई जानकारीमा नआएको बताए ।
चुनावमा मत माग्न विभिन्न झुटा शाह्वासन देखाएका यहाँका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको अन्तीम समय सम्म पनी आफुले बोलेकका कुराहरु मध्य दश प्रतिशत सम्म काम गर्न नसक्दा नागरिकले आउने चुनावमा ठुलो ठुलै हिसाव किताव राख्ने बताएका छन ।

शुभकालिका मात्र होइन जिल्लाका अन्य स्थानिय तहका जनप्रतिनिधिहरुले पनी आफु चढ्नका लागी निकालिएका सवारी साधानहरुको पनी व्यापक दुरुपयोग भएको पाइएको छ ।
कुनै ठाउँमा त सडकै पुगेको छैन त्यही ठाउँका जनप्रतिनिधिहरुले महंगा गाडीहरु सरकारी रकमबाट खरिद गरी आफ्नो आफन्तले जिल्ला वाहिर लिएर दुरुप्रयोग गरिरहेका छन । यता भने,तिनै जनप्रतिनिधिलाई भोट दिएर जिताउने जन्ताका पिढा जिउका तिउनै छन ।