
ललित विष्ट असोज २,कालिकोट। दशै,तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ। चाडपर्वका बेला बजारमा अस्वभाविकरुप मुल्यवृद्धि हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालनमा ल्याईएको हो ।
दशैं,तिहार,छठ लगायतका चाडपर्वको बेलामा बजारमा अस्वभाविकरुपमा मुल्यवृद्धि हुने भएकाले सबै सरोकारवालाले बजार अनुगमनमा ध्यान दिनुपर्ने उपभोक्ताहरुको भनाई छ।
दुई वर्ष अघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । सुुपथ पसल कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालिकोटका कार्यालय प्रमुख कमलराज पाण्डेले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा आम उपभोक्ताको अधिकारलाई सुरक्षित राख्दै वस्तुहरुको विधिकरणमा जुटिएको बताए । उनले भने ‘चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गरिएको हो। चाडपर्वमा उपभोक्तालाई राहत दिन कालिकोटमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।’
‘बजारमा हुने अस्वभाविक मूल्य बृद्धि नियन्त्रण गर्नुका साथै गरिवीको रेखामुनि रहेका नागरिकलाई लक्षित गरेर ल्याईएका सुपथ मूल्य पसलहरुबाट विचौलियाले फाइदा उठाउन नहुने प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । उनले भने,‘चाडपर्वमा आम नागरिकलाई सेवा पु¥याउन यस्ता सुपथ मूल्य पसलहरु अब सरकारी स्वामित्वका मात्र होइन,नीजि क्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्न आग्रह गर्दछु । यस्ता सहुलियत मूल्य पसल शहरमा मात्र होइन,गाउँसम्म पु¥याउन आवश्यक रहेको छ’



karnalipress
२ आश्विन २०७९, आईतवार १८:४३