
ललित बिष्ट श्रावण २४,मान्म। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाको सदरमुकामा मान्म स्थित खाँडाचक्र नगरपालिकाको बजार वरीपरी प्राकृतिक रुपमा उम्रीएको गाँजाको बोट नष्ट गरिएको छ। मान्म बजारको जिरोपईन्ट,बिचबजार, पुरानो बसपार्क लगाएतका ठाउँकको गाँजा नष्ट गरिएको हो ।
शनिबार जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक महेश बिक्रम शाहीको नेतृत्वमा प्रहरी टोली,सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको संयुक्त टोलीले उक्त गाँजा नष्ट गरेको छ।
गाँजा चरेसका कारण समाजमा विभिन्न किसिमका अपराधिक क्रियाकलाप हुने भएकोले अन्य ठाउँहरुमा पनि गाँजा तुरुन्तै नस्ट गरिने जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी भुपेन्द्र शाहीले जानकारी दिनुभयो।
कालिकोटमा गाँजा खेती नभएपनि प्राकृतिरुपमा बारीमा उम्रीएको गाँजा प्रहरीले नष्ट गरेको छ। गाँजा खेती नष्ट गर्न नेपाल प्रहरी,सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौजलाई परिचालन गरीएको थियो ।





karnalipress
२४ श्रावण २०७८, आईतवार ०९:४२