अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

बैशाख १४,कालिकोट। कालिकोट र जुम्लाको अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठक मंगलबार सम्पन्न भएको छ। मिति कालिकोटको नाग्म बजारमा  कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माको अध्यक्षता एवं जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई र दुबै जिल्लाका सुरक्षा सामितिका सदस्यहरूको सहभागितामा बैठक सम्पन्न भएको हो।

अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकले आसन्न स्थानीय तह निर्वाचन,शान्ति सुरक्षा,अपराधिक कार्य तथा वन पैदावार र जडिबुटी चोरी निकासी नियन्त्रण,राजमार्गको सहज आवागमन एवं विपद खोज तथा उद्दारमा आपसी सूचना तथा सहयोग आदान प्रदान लगायतका विषयमा छलफल गरिएको बताईएको छ ।