
जेठ ३१, कालिकोट । जिल्ला अस्पताल कालिकोटमा एकजना मात्रै डाक्टर हुँदा सेवा प्रभावित भएको छ । अस्पतालमा कार्यरत डाक्टर मध्ये सबै जना परिक्षा दिन गएकोले अस्पतालमा उपचार सेवा प्रभावित भएको हो ।
जिल्लाको एकमात्र ठूलो अस्पतालमा अहिले एकजना डाक्टरको भरमा चलेको छ । दैनिक एक सय ५० बढी विरामी आउने अस्पतालमा एकजनामात्रै डाक्टर भएपछि एक हप्ता देखि उपचारका लागि जिल्ला बाहिर तथा निजी मेडिकलमा जानुपर्ने विरामीलाई बाध्यता भएको छ ।
जिल्ला अस्पतालमा आउने प्रत्यक बिरामिको अवश्था हेर्न एक हप्ता देखि एक जना डाक्टर निरोज यादव मात्र छन् ।अस्पताल प्रशासनको लापरबाहीले जिल्लामा बिरामीले ज्यान गुमाउनु परेको छ। मंगलबार मात्र एकजना सुत्केरी महिलाकाे अस्पतालमै मृत्यु भएको छ।



karnalipress
३१ जेष्ठ २०७९, मंगलवार २२:०५