असोज ३,कालिकोट। कालीकोटमा संबिधान दिवस २०७८ रेडियो सम्वाद गरेर मनाईएको छ । कोरोनाको जोखिम कायमै रहेकाले जिल्लाका राजनितिक दल, कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालाको सहभागीतामा रेडियो सम्वाद गरेर दिवस मनाईएको हो ।
जिल्ला समन्य समिति, जिल्ला प्रशासन कार्यालय र खाँडाचक्र नगरपालिकाको सयुक्त आयोजनामा आयोजित सम्वादमा संबिधान सभा सदस्य तुलाराज बिष्टले नेपालको संबिधान २०७२ बिश्वकै उत्कृष्ठ संबिधान भएको वताउनुभयो । उहाँले नेपालको संबिधान ९१.९ प्रतिसत नागरिक द्धारा अनुमोदित संबिधान भएको वताउनुभयो ।
नेकपा एमाले कालीकोटका उपाध्याक्ष रमेश कुमार शाहीले किन के कारणले यो संबिधानमा फरक मत राखे आफुलाई अच्चम लागेको भन्दै उहि संबिधानमा टिकेर सत्तामा जाने उसैको बिरोध गर्ने वहिस्कार गर्ने अधिकार सत्ता गठवन्दन संग नरहेको वताउनुभयो ।
उहाँले मधेश केन्द्रीत दलले संबिधान दिवस वहिस्कार गरेको प्रति आपती जनाउदै सरकार साझेदार दलको असफल्ताका संज्ञा दिनुभयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दवहादुर शाहीले आफैले ल्याप्चे गर्ने अनि संबिधान ठिक छैन भनेर सडकमा बिरोध गर्नु जस्तो राजनितिक अपराध केही नभएको वताउनुभयो । उहाँले फरक मत राख्न पाइने तर संबिधान नै गलत छ भन्ने उसै संबिधानको मातहतमा रहेर चुनाव देखि सरकार सम्म सहभागी हुने हुने नौटंकी वर्तमान सरकार साझेदारको भएकाले जनताले त्यसको भोली कडा जवाफ दिने वताउनुभयो ।
राप्रपाका लालवहादुर मल्लले पनि संबिधानको रक्षा गर्ने निकाय नै राजनिति दल भएकाले संबिधानको खिलापमा वोल्ने दलले आफ्नो भाषा संगै नितिमा पनि परिवर्तन ल्याउन जरुरी रहेको वताउनुभयो । जिल्ला न्याधिस लालकाजी श्रेष्ठले देशलाई चलाउन वनेको निति नै संबिधान भएकाले त्यसको रक्षा संगै सफल कार्यान्वयनका लागि सबै नागरिक एक हुनु पर्ने वताउनुभयो ।
माओवादी केन्द्रकी नेतृ गंगा खड्काले वर्तमान संबिधानले महिला, दलित, मुस्लीम, पिछडा वर्गलाई सम्वोधन गरेको भन्दै सफल कार्यान्वयनका लागि सबैको चासो हुनु पर्ने वताउनुभयो ।
karnalipress
३ आश्विन २०७८, आईतवार १६:१०