
बैशाख २७,कालिकोट। कालिकाटको तिलागुफा नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार शंकर प्रसाद उपाध्यायले यो पटक आफ्नो जित निश्चित भएको बताएका छन् ।
०७४ को स्थानीय तहको निर्वाचनमा ५३ मतले पराजित उनले यो पटक आफुनै बलियो दाबेदार भएको बताएका हुन् ।
उनले भने,‘यदि यो निर्वाचनमा मेरो जित भयो भने नगरपालिकालाई नमुना बनाउने छु । जनताको सुखदुःख को सेवक बनेर काम गर्ने छु । ’
साथै उनले नगरको विकास र समृद्धिका लागि कटिबद्ध भएर लाग्ने दाबी पनि गरे । साथै उनले नगरपालिका आफु मेयर भएपछि ‘बरु नष्ट हुन्छु तर भ्रष्ट हुन्न’ भन्दै वाचा गरेका छन् ।
‘शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा सुधार तिलागुफाको समृद्धिको आधार’ भन्ने नाराका साथ उनले अरु कुरा गरेर देखाउने तर आफु गरेर देखाउने व्यक्ति भएको दाबी गरेका छन् ।



karnalipress
२७ बैशाख २०७९, मंगलवार ०६:४१