
श्रावण १,कालिकाेट। कालिकोटकोे रास्कोट नगरपालिकाले गुनासो सुन्न टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । जनताको गुनासो सुन्न नगरपालिकाले टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो । गुनासो सुन्ने र सम्वोधन गर्ने मुख्य उद्देश्यले नगरपालिकामा टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ ।
नेपाल टेलिकमबाट प्राप्त १६६०८७४४०४४ नम्बरको टोल फ्रि नम्बर गुनासो सुन्नका लागि संञ्चालनमा आएको छ । सञ्चालनमा आएको टोल फ्रि नम्बरको नगर प्रमुख धर्मराज शाही पोषणले उद्घाटन गरे । पदभार ग्रहण गर्ने क्रममा जनताको गुनासो सुन्ने र सेवालाई प्रभावकारी बनाउन नगरमा टोल फ्री नम्बर सञ्चालनमा ल्याउने नगर प्रमुख शाहीले पहिलो निर्णय गरेका थिए ।
स्थानीय सरकार सञ्चालनमा सल्लाह सुझाव जिज्ञासा गुनासो तथा समस्या भएमा सिधै निःशुल्क टोल फ्रि नम्बरमा सम्पर्क गर्न नगरप्रमुख शाहीले नगरबासीलाई आग्रह गरेका छन्। उनले स्थानीय सरकारको गतिशीलता,पारदर्शिता,जवफदेहीता सुशासनका लागि पहिलो निर्णय अनुरूप निःशुल्क टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको बताए । उनले भने ‘यो नम्वर अहिले पोष्पेटमा रहेको छ,अव हामि हटलाईनमा लिन खोजिरहेका छौं ।’
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले टोल फ्रि बाट आएका गुनासो सम्बोधन गर्न आवश्यक जनशक्ति समेत व्यवस्थापन गरिने बताए । जनता र स्थानीय सरकारबीच गुनासो सुन्ने र सम्बोधन गर्ने परिपार्टीको विकास भए सम्बन्ध प्रगाढ हुने स्थानीय अनुवाहरुले बताएका छन् ।



karnalipress
१ श्रावण २०७९, आईतवार २०:०२