पानीले उर्लेको कर्णाली नदी बिस्तारै कम हुदै

कार्तिक ३,कालिकोट। लगातारको पानीले उर्लेको कर्णाली नदी बिस्तारै कम हुदै आएको छ । पानी केही समय पर्ने र केही समय रोकिने गरेकाले नदीले आफ्नो गति कम गदै आएको छ। कर्णाली नदीमा पानीको वहाब निकै वढेपछि कालीकोटको जिते वजार देखि कर्णाली आसपासका सबै वजारहरु उच्च जोखिममा थिए । अब भनेपानी पर्न अलि कम भएपछि कर्णालीमा पानीको मात्रा पनि घट्दै गएको नेपाली सेनाले जनाएको छ ।

कर्णाली करिडोर निमार्णमा खटिएको नेपाली सेनाले कालीकोटको जिते, लालीघाट लगाएको वजारमा रहेका ब्यापारीलाई सुरक्षित स्थानमा सारेको थियो । मंगलवार दिन भरी सेनाको निर्माण दल र सम्सेर गुल्मको टोलीले लगातार जिते वजारका ब्यापारीको समान सुरक्षित स्थानमा सारेको थियो । सम्सेर गुल्मका गुल्मपती मेजर निरजप्रताव राणाका अनुसार सबै तिरको सेनालाई परिचालन गरेर ब्यापारीको समान सुरक्षित स्थानमा सारेको र राती कर्णाली लोकमार्गका बिभिन्न ठाउँको पहिरो हटाएर राती सडक सुचारु गराएपनि आज बिहान फेरी अवरोध भएको वताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले खाँडाचक्र नगरपालिका वडा नं ७ को पिलीमा ठुलो पहिरोसंगै अजिव ढुङगा सडकमा खसेकाले वलास्टीङ गरेर सडक खुलाउने प्रयास भईरहेको वताउनुभयो । कर्णाली नदीमा पानीको सतह घटेपछि सर्वसाधारणहरु भने उत्साहित भएका छन । जितेका ब्यापारीहरुले कर्णालीमा पानीको सतह घटेकाले अव चिन्ता कम भएको वताएकाछन ।

प्रमुख जिल्ला अधिकारी आचार्यले पनि पानीको सतह कर्णालीमा कम भएकाले खतरा टरेको वताउनुभयो । अहिले कर्णाली र तिला नदी दुवैमा पानीको सतह घटेको छ । हिजो कर्णाली भन्दा तिला नदी निकै उर्लिएर आएको थियो । तिलानदीको वाढीले गर्दा धेरै किसानका धान खेतहरु वगेका थिए । कर्णालीमा जडान गरिएको फेरी वगाएको थियो भने आसपासका वजार पनि कटान गरेको थियो । आज भने पानी रोकिएकाले अव खतरा टरेको छ ।