गाउँमै उत्सव मनाउन जुट्न थाले नारी

फागुन २५,कालीकोट । प्राय चुलोचौको, मेलापतामा ब्यस्त हुने महिलाहरु पछिल्लो समय आफ्नो उत्सव मनाउन एकजुट हुन थालेका छन । चैत २४ अर्थात आठ मार्च मनाईने ११५ औँ अन्तराष्टिय महिला श्रमीक दिवसका लागि एक हप्ता पहिला देखि तयारी गर्ने गरेका छन । शनिवार परेको नारी दिबसका लागि खाँडाचक्र नगरपालिका वडा नं ३ का महिला आफ्नै भेषभुषामा सजिएर ताडी बसपार्कमा भेला भए । नारा जुलुसका साथ र्याली निकाले,दौडा लगाए भने एक आपसमा हात मिलाउदै शुभकामना आदानप्रदान पनि गरे । त्यसको नेतृत्व खाँडाचक्र नगरका जनप्रनितिधि कार्यापालिका सदस्य बिजा पाण्डेले गरेकि थिइन्।

र्याली पछि आयोजित कोणसभामा बोल्दै कार्यपालिका सदस्य पाण्डेले महिला अधिकारका लागि एक दिनको दिबसले अब नपुग्ने बताइन् । बिभिन्न गैरसरकारी सँस्थाले समेत यो दिवसमा सहयोग समर्थन गरेका थिए । आई.एन एफ का टोली प्रमुख महेशराज सज्यालले महिला अधिकारका लागि आफुहरु सधै सहयोग र सहकार्यमा रहेको बताए । एकै नासको पोशाक, पहिरनका लागि आफ्नो सँस्थाले ८४ पिस र सोसेक नेपालले १६ पिस गरि एक सय पिस घरेलु  धोती समेत सहयोग गरेको सुनाए ।

महिलाहरुले नारी दिवसको अबसरमा र्याली मात्र होइन, कोष सभा गरेर अधिकारको माग गदै सरकारलाई चुनौती दिएभने बजार चोकमा रहेको फोहोर ब्यवस्थापन समेत गरेका थिए । महिला सञ्जालका अध्यक्ष बिष्णा पाण्डेको अध्यक्षतामा आयोजित सभामा बोल्ने सबैले अब नारी घरको काम मात्र सिमित नहुने भन्दै अधिकार,सुचना र राजनिति घटनाको जानकार लिन बिभिन्न कार्यक्रममा सहभागी हुन घरवाटै सुरुवात गर्ने बताएका थिए । वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा एक सय जना महिलाले उपहार स्वरुप धोती समेत प्राप्त गरेका थिए ।