‘आँगनमा ‘बिजुली पोल घर भित्र अँध्यारो’

ललित बिष्ट फागुन १०,कालिकोट । गाउँमा बिजुली पोल पुग्दा स्थानी खुशी भए । तार पनि विस्तार भएपछि गाउँमा बिजुली बत्ती बल्ने आश बढ्यो बर्षौं देखिको अन्धकारबाट मुक्त पाइने स्थानीयको आशा अहिले पनि पूरा हुन सकेको छैन ।कालिकोट जिल्लाका नौ ओटै स्थानीय तहका अधिकांस बस्तीका नागरीक अहिले पनि बिजुलीको पर्खाइमा छन ।

नरहरिनाथ गाउँपालिकाको लालु,माल्कोट,कोटबाडा,रुप्सा र कुमालगाउँमा बिजुलीका पोल र तार विस्तार गरेको ९ वर्ष भयो । घर आँगनमा बिजुलीका पोल र तार पुगेको बर्षों हुँदा पनि आगनमा पोल तर घर भित्र भने अँध्यारो नै रहेको स्थानीय प्रदिप बोहोराले बताए । उनले भने ‘पहिला गाविसले पूर्व तयारी र योजना विना नै हचुवाको भरमा पोल गाडिएका कारण अहिले समस्या भएको हो ।’

शुभकालिकाको वडान–२ र ३,मा पनि बिजुलीका पोल र तार पुगेको ६ वर्ष भयो बिजुलीका पोल र तार पुगेको बर्षों हुँदा पनि बिजुली नबले पछि स्थानीयहरु निराशमा रहेको शुभकालिकाका बिक्रम रोकायाले बताए । गाउँपालिकाका ६ वटा वडाहरुमा अहिले पनि बिजुली नपुगेको गाउँपालिकाले जनाएको छ ।

तिलागुफा नगरपालिकाका स्थानीयले पनि बिजुलीको उज्यालो देख्न पाएका छैनन् । नगरपालिकाको १,देखि ११ वडा सम्म बत्ती छैन नगरपालिकाले राष्ट्रि प्रसारण लाइनको काम भइ रहेकोे जनाएको छ ।

जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको नाईना,राउतेगरा वस्तीका नागरिक पनि बिजुलीको पर्खाइमा छन् । तर हालसम्म बिग्रिएको पोदमारा हाईटोको काम अगाडि बढ्न सकेको छैन। गाउँपालिकाका अरु वडामा बिजुली बत्ती बलेको गाउँपालिका अध्यक्ष डम्बर शाहीले जानाकारी दिए । उनले भन्ने , ‘पोदमारामा गाउँपालिकाले केहि गर्न सक्दैन केन्द्रले टेन्डर गरेर काम गरिरहेको छ । हामीलाई पोदमाराको विद्युत्त भएको भए राम्रो हुन्थ्यो ।’

जिल्लाको रास्कोट नगरपालिकाको ३,७ र ८,मा बत्ती नै पुगेको छैन नगरपालिकाको लेकालि बस्तीमा बिजुली नपुगेको नगरपालिकाले जनाएको छ । गाउँ बस्ती बत्तीको प्रखाईमा छन् । पचालझरनामा ४ वटा वडामा बिजुली छैन हरु वडामा बिजुली हाउस तयार गरि बत्ती बलिरहेको गाउँपालिकाले जनाएको छ । पलाँता गाउँपालिकामा अहिले १  वडामा बिजुली छैन् अरु सबै वडामा बिजुली बलेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताए । सबै वडाहरुमा बिजुली पोल र तार पुगिसकेको उनको भनाई छ ।

खाँडाचक्र नगरपालिका र महावै गाउँपालिकामा पनि धेरै वडाहरु बिजुली बत्ती बिहिन छन् । लाखौं रुपैयाँ खर्च गरेर गाडिएका बिजुली पोल र तार अहिले अलपत्र अवस्थामा रहेका छन। यसरी अलपत्र पारिएका र गाडिएका विजुलीका पोल र तारमा कति खर्च भयो भन्ने प्रमाण कुनै निकायसँग छैन । यो काममा ठूलो रकम दुरुपयोग भएको खाँडचक्रका स्थानीय विनोद खड्काले बताए । गाउँ गाउँमा बिजुली पुग्ने अझै टुंगो छैन् । अहिले स्थानिय तहमा राष्ट्रिय प्रसारण लाईनको लागि विद्युत्त कार्यालयमा कुरा भएको गाउँपालिकाहरुले बताउने गरेका छन् ।

राष्ट्रिय प्रसारण लाइनको सम्भावना कति ?

विद्युत्त कार्यालयमा मिटरको समस्या भएको छ। प्रधिकरणमानै मिटर अभाव भए पछी अहिले समस्या भएको विद्युत्त बितरण केन्द्र कालिकोटका कार्यालय प्रमुख नारायण पौडेले बताए । उनले भने ‘अहिले कर्णाली राजमार्ग आसपासको बस्ती सबै गाउँपालिका र नगरपालिकाको सेन्टर सम्म असार मसान्तमा बत्ती बाल्ने गरी काम भईरएको छ ।

अहिले दैलेखको दुल्लु देखि कालिकोट सम्म अहिले ११ केभि लाइन मात्र आएको छ,मान्ममा सव स्टेशनको काम भइरहेको छ । अवको दुई महिनामा ३३ केभि कालिकोट पुरायर गाउँपालिका र नगरपालिकाको सेन्टरमा बिजुली पुग्ने छ। गाउँमा पोल गाडिएकाले अब राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी थालिएको छ अँध्यारोमा बस्ने नागरीक अव उज्यालोमा बस्नेछन् ।’