‘तपाईको मास्क खै?’

श्रावण २२,मान्म।  जिल्ला प्रशासन कार्यालय, प्रहरी ,रेडक्रस,ब्यापारी,पत्रकार लगाएतले शुक्रबार तपाईको मास्म खै? जस्ता नारा लगाउदै सचेतना फौलाईरहेका थिए।

जिल्लाको पुरानो बसपार्क देखि जिरोपोईन्ट हुदै प्रतिमा चोक सम्म कोभिड-१९ सम्बन्धी जनचेतनामुलक ‍¥याली,माईकिङ् गरी माक्स वितरण गरि सचेत पारेका हुन्।

जिल्लामा जनस्तरबाट स्वास्थ्य मापदण्डको पालना प्रभावकारी रुपमा नभएको गुनासो बढेपछि नागरीकमा सचेतना फैलाउन जनचेतनामुलक ‍¥याली,माईकिङ्, पर्चा पम्पलेट टाँस गरी माक्स वितर गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचनाअधिकारी भुपेन्द्र शाहीले बताउनुभयो।

तपाईंको मास्क खै ? अभियान DCMC र खाडाचक्र नपाको आयोजनामा गरीएको थियो।