गठबन्धन सरकारलाई म्यादी सरकारको संज्ञा

जुम्लाको सिँजा । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा दिएका छन । जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारको दिनगन्ती शुरु भइसकेको बताएका हुन । उनले भने,‘यो म्यादी सरकार हो ।

दिनगन्ती शुरु भइसकेको छ । यो सरकार चुनाव सम्म पनि जानेवाला छेन । ’उनले नेकपा एमाले प्रतिको जनताको आकर्षणले गठवन्धनको सरकारलाई छटपटी भइरहेको बताए । उनले भने,‘अहिलेको सरकार जनतालाई ढाट्ने र छक्याउने खेलमा देखिएको छ । यिनीहरुको कुनै पार्टीको ठेगान छैन । यो सरकार चाँडै ढल्नेवाला छ । जनतालाई अलमल्याउन खोज्ने सरकारको आयु धेरै हुनेछैन । त्यसैले आगामी स्थानीयतहको चुनावमा नेकपा एमालेलाई मतदात गरेर समृद्ध नेपाल निर्माण अभियानमा सहभागि हुनुस । ’ उनले नेपालको विकास गर्ने एकमात्र पार्टी नेकपा एमाले भएको बताए । बाटो बनाउनुछ । बिजुली बनाउँनुछ । देशलाई औधोगिकरणमा लानुछ ।

स्वास्थ्य शिक्षा क्षेत्रमा विकास गर्नुछ । अध्यक्ष ओलीले भने,‘समग्र नेपालको विकास एमालेले मात्र गर्न सक्छ । एमाले विना नेपालको विकास संभव छैन । ’ पुर्वप्रधानमन्त्री ओलीले जुम्ला खस भाषा,संस्कृति र सभ्यताको धनि ठाउँ भएकोले विकासको इतिहास आफ्नो परिस्थिती अनुसार गर्न सक्ने बनाउनु पर्नेमा जोड दिए । उनले भने,‘ केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म लिन्छु । ढुक्क हुनुहोस र सिँजाले विकास गर्न सक्छ । एकआपसमा हातेमालो गरौ । उनले कर्णालीमा मानसरोवर,कैलाश पर्वत, राराताल,कनकासुन्दरी,त्रिपुरासुन्दरी लगायतका धार्मिक पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सीचामल नेपालको ओरजिनल ब्राण्ड भएको बताए ।

अध्यक्ष ओलीले जुम्लाको नराकोटमा मार्सीचामल र सिमीको भात खाए । उनले भने,‘पहिले एक पटक मार्सीचामल खाएको थिए । निकै चर्चा चल्यो । अहिले त झन सिँजामै पुगेर मार्सीचामलको भात र सिमीको दाल खाएको छु । हिमानदीको निकै स्वादिष्ट माछा खाएको छु । यहाँ उत्पादित अर्गानिक आलुको तरकारी खाएको छु । बास्तवमा यहाँका खाना शुद्ध र शक्तिवद्र्धक छ । संसारमा सबैभन्दा मिठो माछा सायद जुम्लामै पाउछ होला ।’ अध्यक्ष ओलीले जुम्ला सिँजाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताए ।%3