खाँडाचक्रमा स्कुल नर्स कार्यक्रम प्रभावकारी बन्दै

ललित बिष्ट पुस २७,कालीकोट।  स्कुलमा पढाइ भइरहेकै बेलामा टाउको,पेट दुखेमा विद्यार्थी घर जानुपर्ने बाध्यता अझै कालीकोटमा पनि छ । अति भए नजिकैको स्वास्थ्य केन्द्र पुग्छन् । संघीय सरकारले महत्वका साथमा शुरुआत गरेको एक विद्यालय,एक नर्स कार्यक्रम खाँडाचक्र नगरपालिकामा प्रभावकारी बन्दै गएको पाइएको छ ।

खाँडाचक्र नगरपालिकाको वडानं—३ ताडीको जनजिवन माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा ममता आचार्यले विद्यालय नर्स कार्यक्रम सञ्चालनपछि सहज रुपमा विद्यालयमै उपचार पाएको बताइन् । उनले भनिन ‘पहिले रजस्वला हुँदा विद्यालयमा प्याड नपाउदा समस्या हुने गरेको भए पनि अहिले भने निःशुल्क सेनेटरीप्याड र प्रथामिक उपचार पाउँदा सहज भएको छ। पहिले स्वास्थ्य चौकीमा प्याड किन्न जाँदा समस्या हुनुका साथै अध्ययनमा समेत बाधा पुग्दै आएको थियो । अहिले विद्यालयबाट निःशुल्क प्याड पाउँदा आफु र आफ्ना साथिहरुलाई सहज भएको छ ।’

करिब २ वर्षदेखि विद्यालयमा यस्ता समस्या नभएको जनजिवन माध्यामिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर शाहीले बताए । ‘ उनले भन्ने,एक विद्यालय एक नर्सकार्यक्रम सञ्चालन भएसँगै विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुको साथै समग्र विद्यालयको प्रगति भएको छ । महिनावारी भएको समयमा विद्यालय आउने छात्राको तुलना बढ्दै गएको छ ।’

कार्यक्रम सञ्चालनमा आए सँगै विद्यालयमा, विद्यार्थीको स्वास्थ्य चेकजाँच, प्रजनन स्वास्थ्य,हेल्थ प्रोफाइल जस्ता गतिविधि सुचारु भएको स्कुल नर्स प्रतिभा शाहीको भनाइ छ । ‘यो कार्यक्रमले किशोरीको स्वस्थ्य सुरक्षित बनाएको छ,’ उनले भनिन्, ‘विशेष गरेर किशोरीले महिनावारीको समस्याबारे खुलेर भन्न सकिरहेका हुँदैनन् ।’ महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरुले आफ्ना समस्या नर्ससँग निर्धक्क राख्न सक्ने भएक छन्  । उनीहरु आफ्नो स्वास्थ्यको ख्याल आफै राख्न सक्ने भएको स्कुल नर्स शाहीलको भनाइ छ ।

यस्तै खाँडाचक्र नगरपालिकाको वडानं— ६ को सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा अरुना कुमारी शाहीले पनि विद्यालय नर्स कार्यक्रम लागू भएपछि धेरै कुरामा सहज भएको बताउँछिन् । ‘विद्यालयमा रजस्वला हुँदा अगाडि पछाडी बसेका साथीले जिस्क्याउने गर्थे,’ उनले भनिन्,‘तर अहिले विद्यालय नर्सले जस्तो सुकै समस्या आउँदा औषधि उपचारका साथै सामाग्री वितरण गर्ने भएपछि सजिलो भएको छ ।’

विशेष गरेर किशोरीले महिनावारीको समस्या यस्ता धेरै समस्या भोग्नु परेको छ । विद्यालयमा महिनावारी भएमा पढाई नै छोड्नु पर्ने विद्यालयमा अध्यान गर्ने छात्राहरुको अर्को समस्या हो । महिनावारीकै कारण धेरै दिन पढाई छुटाउनु पर्ने बाध्यता थियो अहिले हाम्रो विद्यालयमा अध्यान गर्ने छात्राहरु विद्यालयमा नियमित आउने गरेको स्कुल नर्स पार्वती शाहीले बताइन् ।

तस्विरहरु