
असाेज ३, कालिकोट । संविधान दिवसकाे अवसरमा जिल्ला अस्पताल कालिकोटले कैदी बन्दीहरूकाे स्वास्थ्य परिक्षण गरेको छ ।निमित्त स्वास्थ्य सेवा व्यावस्थापक डाक्टर रत्नविर सुनार सहितको टाेलि कालिकोट कारागारमै पुगेर कैदी बन्दीको स्वास्थ्य परिक्षण सँगै औषधिसमेत वितरण गरेको हाे ।
स्वास्थ्य परिक्षणका क्रममा धेरै जसाेमा उच्च रक्तचाप समस्या रहेको डाक्टर सुनारले बताउनुभयो भयाे ।डाक्टर सुनारले संविधान दिवसकाे अवसरमा सम्पूर्ण कैदी बन्दीहरूलाई शुभकामना कामना दिदै यश महत्त्वपूर्ण दिनमा कैद माफी पाउने कैदीहरूलाई बधाई पनि दिनुभएको थियो ।
संविधान दिवसको अवसर पारेर कैदी बन्दीकाे स्वास्थ्य परिक्षणकाे लागि डाक्टर सहितको टाेलि कारागार पुगेको थियोे ।



karnalipress
३ आश्विन २०७८, आईतवार १८:५९