
फागुन ६,कालिकोट । प्रेस चाैतारी नेपालकाे केन्द्रीय सदस्यमा पत्रकार महासंघका कालिकोटका सचिव खडानन्द अधिकारी मनाेनित भएका छन् ।
सानै उमेरदेखि पत्रकारीता क्षेत्रमाआफ्नो लगाव बनाएका शुभकालिका गाउँपालिका -३ निवासी पत्रकार खडानन्द अधिकारी कालिकोटबाट प्रेस चाैतारी नेपालकाे केन्द्रीय सदस्यमा मनाेनित भएका हुन्।
पुर्व प्रेस चाैतारी नेपाल कालिकोटका सचिव समेत रहेका अधिकारी हाल रेडियो चंखेलि एफएमका स्टेसन म्यानेज समेत छन् ।



karnalipress
६ फाल्गुन २०७९, शनिबार ११:२९