शुभकालिकामा किशोरी संजाल गठन

कालीकोट – कालीकोटको शुभकालिका गाउँपालिकामा  पालिका स्तरिय किशोरी संजाल गठन गरिएको छ।  साेमबार  पालिकाभरिका किशोरीहरु सुकाटीयामा भेलागरी  किशोरी संजाल गठन गरिएको हाे।

उक्त भेलाले शुभकालिकाकी अस्मिता जैसीकाे अध्यक्षतामा ११ सदस्यीय संजाल गठन भएको छ। संजालको उपाध्यक्षमा  शुभकालिका गाउँपालिकाकी रेखा  आचार्य ,सचिबमा  एरिका विक,कोषाध्यक्षमा दर्शना विक   चयन भएका छन् । यसैगरी सदस्यहरुमा  सरिता शाही,काेपिला शाही, प्रतिमा शाही,कुसुम विक सदस्य   रहेका छन् ।

आवाज संस्था सुर्खेतको  आयोजना मार्फत   ८ वटै वडाका किशोरीहरुको क्षमता विकास अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ। अभिमुखिकरण कार्यक्रमकै अवसरमा सजाल गठन गरियको हो साथै उक्त कार्यक्रममा किशोरीहरुलाई बालविवाह न्युनिकरण,यौन तथा प्रजन्न्,स्वस्थ महिनावारी लगायतका विषयमा अभिमुखिकरण गरिएको छ ।

सशक्त महिला समृद्ध नेपाल EWPN कार्यक्रम अन्तर्गत   शुभकालिका गाउँपालिकाको पालिका स्तरीय किशोरी सञ्जाल गठन तथा लैङ्गिक हिंसाले किशोरीहरू माथि पारेको प्रभाव न्यूनीकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न  भएको छ।

किशोरी संजालले आफ्नो गाउँठाउँमा जनचेतना मुलक कार्यक्रम गर्ने,मर्यादित महिनावारी छाउगोठ अन्त्य,बालविवाह अन्त्य लगायतका विषयमा नचेतनामुलक कार्यक्रमहरु गर्ने आवाज  संस्थाका  सामाजिक परिचालक विपना अधिकारीले बताइन् ।

सोमबार सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले किशोरी संजालले आफ्नो गाउँठाउँमा जनचेतना मुलक कार्यक्रम गर्ने,मर्यादित महिनावारी छाउगोठ अन्त्य,बालविवाह अन्त्य लगायतका विषयमा आवाज उठाउनुपर्ने बताइन्।, उनले गाउँ ठाउमा भएका विभिन्न विकृति राेक्नपर्नेमा जोड दिदै शुभकालिकामा किशोरीहरु माथि हिंसा भइरहनु,बालविवाह अन्त्य नहुनु,र छाउपडी प्रथाको पनि अन्त्य नहुनुलाई  मध्यनजरगर्दै वडा वडामा र पालिकामा र्‍याली गरि यस्तै जनचेतनामूलक कार्यक्रमगर्दै किशोरी आवाज उठाउनुपर्ने बताइन् ।

उस्तै कार्यक्रममा महिला शाखा प्रमुख अमृता अधिकारीले बालविवाह गर्न हुँदैन किशोरीहरुले राम्रो बाटो हेर्नुपर्छ र यो अवस्थामा धेरै ज्ञान शिक्षा आर्जन गर्नुपर्ने बताइन् । उनले  किशोरीहरुलाई कसैको लहलहैमा नलाग्न अनुरोध  समेत गरिन्।