बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो

बैतडी – बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।देहिमाडौँबाट जन्ती लिएर सीमायलतर्फ छुटेको म १ ज ३१० नम्बरको जीप गएराति साढे ८ बजे दशरथचन्द नगरपालिका-४ को कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै ज्यान गएको बैतडीका निमित्त प्रहरी प्रमुख बोधराज ओझाले जानकारी दिनुभयो ।उहाँकाअनुसार दुर्घटनामा दशरथचन्द नगरपालिका-६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका  धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द, ६५ वर्षका तारासिंह थापा र ५८ वर्षका खेमसिंह कार्कीको ज्यान गएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।दुर्घटनाको कारण खुल्न सकेको छैन् ।