
कार्तिक ४, कालिकोट । आइतबारदेखिको अविरल वर्षापछि गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेको छ । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडकखण्डको सुर्खेतदेखि कालिकोटसम्म बुधबार पहिरो हटाइ गाडी सुचारु भएका छन् ।
कालिकोट जुम्ला खण्डको पिलीमा ठुलो पहिरो गएकाले तत्काल राजमार्ग खुल्ले अवस्थामा छैन । पिलीमा धेरै ठेलो पहिरो गएको र खुलान प्रर्यास भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताए ।
बुधबार प्रमुख जिल्ला अधिकारी आचार्य आफै नेपाली सेना, नेपाल प्रहरी, स्थानीयसहित राजर्माग खुलाउन पिली पुग्नु भएको थियोे । राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुका यात्रुहरुलाइ सास्ती भएको छ ।



karnalipress
४ कार्तिक २०७८, बिहीबार १४:०९