प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको बीचमा भेटवार्ता

श्रावण ८  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।शुक्रबार साँझ राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच समसामयिक विषयमा छलफल भएको हो ।

 

‘सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो’, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने ।पद तथा गोपनियताको शपथग्रहणपछि देउवाले पहिलो पटक राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । +देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।