
ललित विष्ट मंसिर १९,कालिकोट। कालिकोटको रास्कोट नगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ । नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या सान्ती,सुरक्षा र अमनचएन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी गठन गर्न थालिएको हो ।
नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याएको हो । कालिकोटका नौ स्थानीय तह मध्ये नगर प्रहरी भर्ना गर्ने रास्कोट नगरपालिका पहिलो हो ।
नगरले तत्कालका लागि १५ जवान नियुक्त गर्न सुचना प्रकाशन गरेकोे छ । अहिले नियुक्त भएका प्रहरीले कार्यालय र सार्वजनिक सम्पत्तिको संरक्षणको काममा लाग्नेछन्।
‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्नेसमेत कोही छैन,कहिलेकाहीँ अनावश्यक मान्छेले दुःख दिन्छन्, नगरप्रमुख धर्मराज शाहीले भने ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहन सक्छ ।
नगरपालिकाले ८ जना खुल्ला, ३ जना महिला, २ जना दलित, २ जना सहिद तथा बेपत्ता परिवारका गरी १५ जनाको भर्ना प्रकिया सुरु गरेको छ।’
नेपाल प्रहरीले नगरभित्रको शान्तिसुरक्षामा सहयोग गर्ने भए पनि नगरका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकिएको उनले बताए । सडकमा फोहोर गर्ने,सडकमै व्यापार गर्नेलाई हटाउन आफ्नै प्रहरी भएपछि सहज हुने नगर पालिकाले जनाएको छ ।



karnalipress
१९ मंसिर २०७९, सोमबार १८:५४