घर भत्किँदा महावैमा एक जनाएको मुत्यु ठाउँ,ठाउँमा ठूलो पहिराे

कार्तिका २ कालिकोट, कालिकोट जिल्लाकाे महावै गाउँपालिका वडानं. ७ मा अभिरल बर्षाले घर भत्किदा एक जनाको  मुत्यु भएको  छ।गएरातीकाे अबिरल बर्षाले विष्णलाल अधिकारीको घर भत्किएकाे हाे। घर भत्किदा घरमा सुतिरहेकी १८ वर्षकी स्मृति अधिकारीको मुत्यु भएको छ,भने उनकी  १५ वर्षकी बहिनी ईनिशा अधिकारी घाइते हुनुभएको छ।

वर्षाका कारणले राम्नि गाउँका १५ घर उच्च जोखिममा रहेको र उक्त बस्तीका बासिन्दा राम माध्यमिक बिधालयमा  राति देखि बस्दै आएको माओवादी केन्द्रका महावै ईन्चार्ज खेम सिंह (भिजन)ले जानकारी दिनुभयाे।

यस्तै जिल्लाकाे शुभकालिका गाउँपालिका वडा नं ८ काे चाैकिबजारकाे खाेलामा पहिराे आएकाे छ। पहिरोले चाैकिबजार उच्च जाेखिममा रहेको नन्दा महताराले जानकारी दिनुभयो ।उहाँले साेहि ठाउँकाे पाेरि वाडामा पहिरोले सग्राम  बिककाे घर पुरिदा घरमा रहेको   सबै सामान ,लत्ताकपडा पुरिएको बताउनुभयो।

लगातारको बर्षाले कर्णाली नदिकाे बहाक पनि बढेको छ। जिल्लाका धेरै ठाउँमा ठुलो पहिरो जान सक्ने हुदा सबै सुरक्षित ठाउँमा बस्न  जिल्ला प्रहरी कार्यालय कालिकोटले अनुरोध गरेको  छ।