गोङ्गबुमा पेस्तोलसहित तीन जना पक्राउ

श्रावण २१, काठमाण्डाै । काठमाण्डौको गोङ्गबुमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।हिजो बेलुका धादिङको गल्छी गाउँपालिका-२ का सुजन मगर, ईश्वर मगर र विकेश मगर पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल, चार राउण्ड गोली र एउटा म्याग्जिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।