
भाद्र १९,दैलेख: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट दैलेखमा सबैभन्दा कान्छो उमेरकी सभापति स्वस्तिका महत बनेकी छिन् । शुक्रवार भएको वडा अधिवेशनबाट जिल्लाको दुल्लु नगरपालिका वडा नं ३ को १९ बर्षिय स्वस्तिका महत वडा सभापतिमा निर्वाचित भएकी हुन ।
स्वस्तिका नेपाली कांग्रेस दैलेख जिल्ला कमिटीको उपसभापति भूपेन्द्र महतको छोरी हुन। सरल स्वभावकी स्वस्तिका महत नेपाली कांग्रेसको देशकै कान्छी वडा सभापति हुन सक्ने अनुमान सम्म गर्न सकिने नेपाली काँग्रेस दैलेखका युवा नेता दिपेन्द्रजंङ महतले जानकारी दिनुभयो।



karnalipress
१९ भाद्र २०७८, शनिबार १०:१४