नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० (कुन प्रदेशमा कति?)

काठमाडौं- नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो।

विभागका अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ।

प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९ सय ४५ रहेको छ । जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ रहेको छ

विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक ६ महिनाभित्र आउनेछ। विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो।

कुन प्रदेशमा कति?

मधेश प्रदेश सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश बनको छ। प्रारम्भिक तथ्यांक अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ। त्यसपछि बागमती प्रदेश सबैभन्दा धेरै जनसंख्या रहने प्रदेश बनेको छ।

तथ्यांकअनुसार बागमती प्रदेशको जनसंख्या ६० लाख ८४ हजार ४२ पुगेको छ। यसअघि २०६८ सालमा गरिएको जनगणनामा वाग्मतीको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ थियो।

पुरुष भन्दा महिलाको संख्या ६ लाख बढी

जनगणनाको प्रारम्भिक विवरण अनुसार पुरुष भन्दा महिलाको संख्या वृद्धि उच्च देखिएको छ। बुधबार केन्द्रीय तथ्याक विभागले जारी गरेको प्रारम्भिक विवरण अनुसार पुरुष भन्दा महिलाको संख्या वृद्धि  उच्च देखिएको हो।

विभागका अनुसार नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

नेपालमा पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ रहेको विभागले जनाएको छ।  नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। यो सन् १९९८ पछिको सबैभन्दा न्यून हो।

सन् १९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको  बढेको थियो। यस पटक जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम भएको हो।