काेभिड-१९ बिरुद्धकाे खोप लगाउने बढ्दै

माघ १७,कालिकोट। जिल्लामा मोडर्ना खोपको दोस्रो मात्रा र भेरोसेलकाे पहिलाे मात्रा लगाउनेकाे संख्या बढ्दाे पाईएकाे छ। जिल्लामा १२ देखि १७ बर्ष उमेर समुहका वालवालिकाहरुलाई मोडर्ना खोपको दोस्रो मात्रा लगाउन सुरु छ।

सोमवार जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका कार्यालय प्रमुख रत्न विर सुनार वडान-२का अध्यक्ष विर्खसिंह विक,किर्डाक नेपालका राजु आचार्या,सिताराम रेग्मी,धोज सिंह ,पत्रकार ललित बिष्ट लगाएतको टोलीले खाँडाचक्र नगरपालिका वडान-१ काे पन्चदेव माध्यमिक विद्यालय मान्म र वडान-२ काे सालडाडा आधारभूत विद्यालय पाेरीपाल्नीमा  अनुगमन गर्दा खोप लगाउनेकाे संख्या बढ्दाे  देखिएको  हाे।

कोभिड-१९ बिरुद्घको मोडर्ना खोपकाे द्रोस्रो मात्रा लगाउन वालवालिकाहरुको सक्रिय सहभागिता रहेको प्रथामिक स्वास्थ्य केन्द्र पोरीपाल्नीका अहेब राजकुमार मल्लले बताए । १२ देखि १७ बर्ष सम्मका वालवालिकाहरुलाई माघ १६ गते देखि १८ सम्म बिभिन्न स्वास्थ्य संथा र विद्यालयमा खोप लगाउन सुरु गरीएको छ ।

कोभिशिल्ड र भेरोसेल खोपको पहिलो,दोस्रो र बुस्टर डोज लगाउन आउने १८ बर्ष उमेर समूहका र साे उमेर समुह माथिका नागरीकहरुलाई पनि खोप लगाउने गरिएकाे छ। वडानं.-२ मा बसाेवास गर्ने १२ बर्ष देखि माथिका सबै नागरीकलाइ खोप लगाउन स्वास्थ्य संस्था र विद्यालयमा ब्यवास्थापन गरेको र सबै नागरीकलाई अनिवार्या खोप लगाउन आग्रह गरेको वडाअध्यक्ष विर्खसिह विकले बताए। खाेप अभियान जिल्ला भरी चलिरहेको छ।