पलाँतामा मन्त्री शाहीलाई भव्य स्वागत

भाद्र २२,कालिकोट। कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम,उपाध्यक्ष दाना न्यौपाने र जनप्रतिनिधिले सोमवार भव्य स्वागत गरेका छन् ।

पलाँता गाउँपालिका वडानं. ४ मा रहेको कालिका माध्यामिक विद्यालयको उद्घाटन गर्न कालिकोट पुगेका मन्त्री शाहीलाई पलाँता बासिले स्वागत गरेका हुन ।पार्टी बिभाजन भए पछि पहिलो पटक पलाँता पुगेका मन्त्री शाहीले कालिकोट जिल्लामा नेकपा एकिकृत समाजवादी पार्टीको बहुमत रहेको दावि गरेका छन् ।

आगामी दिनमा नेकपा एकीकृत समाजवादी पार्टीको कालिकोट जिल्ला लालकिल्ला हुने बताए पलाँता गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका नेता कर्याकर्ता र जनप्रतिनिधि संग भेट्घाट तथा समसामयिक छलफल भएको स्वकीय सचिव प्रेम बहादुर बुढाले जानकारी दिए।