
१७ पुस,कालीकोट। शुभकालिका गाउँपालिका वडानं. ८ मा ५० जानालाई न्यानो कपडा बितरण गरीएको छ । वडानं. ८ का समाजसेवी युवा बिरेन्द्र महताराको ब्यक्तीगत लगानीमा २५ बालबालिका र २५ बयबृद्धगरी जम्मा ५० जनालाई चिसो वाट बच्नकोलागी न्यानो कपडा बितरण गरीएको हो।
आयस्रोत न्युन भएका घरका सदस्यलालाई न्यानो कपडा बितरण कार्यक्रममा वडा सचिव बिरेन्द्र शाही, नेकपा एमालेका नेता जयबहादुर शाही,धिरेन्द्र बहादुर शाही,खड्कप्रसाद उपाध्याय लगाएतकाे सहभागितामा न्यानो कपडा बितरण गरीएको कमल भटराईले जानकारी दिए ।



karnalipress
१७ पुष २०७८, शनिबार २०:००