प्याड निर्माण सम्बधि २ दिने तालिम सम्पन

कालीकोट। प्लान ईन्टरनेष्नल नेपालकाे आर्थिक सहयाेग किर्डाक नेपाल द्वारा संञ्चालित कर्णाली शिक्षा परियाेजना अन्तरगत नरहरिनाथ गाउँपालिका का १२ वटा बिधालयका २४ किशाेरि लाई महिनावारी स्वच्छता सम्बन्धी प्याड निर्माण सम्बधि २ दिने तालिम सम्पन भएको छ।

नरहरीनाथ गाउँपालिका अध्यक्ष धीर बहादुर बिष्ट,उपाध्यक्ष मनसोभा बुढा लगाएतको सहभागितामा गाउँपालिका का १२ वटा बिधालयका २४ किशाेरिलाई महिनावारी स्वच्छता सम्बन्धी जानकारी दिदै प्याड निर्माण सम्बधि तालीम  सम्पन गरीएको हो।