रास्कोटको मेयरकालागि भृकुटीको उम्मेदवारी दर्ता

बैशाख १२,कालिकोट। नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य धिरिन्द्रा उपाध्याय (भृकुटी)ले रास्कोट नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेकी छन् । विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र रुपमा भृकुटीले उम्मेदवारी मनोनयन दर्ता गरेकी हुन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमामा समानुपातिकबाट सांसद बनेकी उपाध्याय माओवादी विभाजन पछि बैद्य हुँदै नेकपामा आएकी थिइन् । रणनीतिक रुपमा उनी निकै बलियो उम्मेदवार मानिन्छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपाबीच कडा प्रतिशपर्धा हुने भएपनि उनको जित निश्चित छ । नेकपा एमालेबाट वडा नम्बर २ का वडाध्यक्ष दयाराम सिमखाडाले मेयरमा उम्मेदवारी दिएका छन् भने माओवादी केन्द्रबाट पोषण शाही लड्दैछन् ।

साविकको फुकोट गाविस माइती र सिपखाना घर भएकी उनलाई दुई वटै गाविसबाट भोट आउने आँकलन गरिएको छ । साविकको स्युनाबाट उम्मेदवार बनेका पोषण रास्कोटका कमजोर उम्मेदवार हुन् । उनी माओवादी केन्द्र रास्कोटको इन्चार्ज र अध्यक्ष हुँदा शाही ठकुरीलाई मात्र काखि च्यापेको भन्दै माओवादीहरुनै रुष्ट थिए ।

हरेक निर्वाचनमा निर्णायक भुमिका खेल्दै आएको फुकोटले यो पटक पनि भृकटीलाई एक छापे मत दिएर विजयी गराउने विश्वास नेकपाको रहेको छ । संविधानसभा निर्वाचनमा समानुपातिक तर्फ फुकोटबाट माओवादी केन्द्रलाई एक छापे मत गएको थियो ।

फुकोटका जनताले मेयरमा भृकुटी, उपमेयरमा मनी जिताउने बताउँदै आएका छन् । एकीकृत समाजवादीले उपमेयरमा पूर्व शिक्षक तथा अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित मनी बराललाई उठाएको छ । उनी पनि फुकोटकै बासिन्दा हुन् । नेकपाको तर्फबाट उपमेयरमा छाया सुनारले मनोनयन दर्ता गरेकी छन् ।