बालकोटमा ओलीको ‘डान्स’

काठमाण्डौ – माधव नेपाल समूहले नयाँ दलको मान्यता पाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा नाच्नु भएको भिडियो चर्चित भएको छ । तर नेपालको दलले मान्यता पाउनु र ओलीले नाच्नुमा भने कुनै सम्बन्ध छैन।

पत्नी राधिकाको जन्मदिनमा भएको जमघटमा ओलीले आफैँले लेखेको गीतमा नाच्नुभएको हो । राधिकाको जन्मदिनको अवसरमा ओली निवासमा बुधवार बेलुकी कार्यकर्ताको जमघट भएको थियो।

कार्यकर्ताले ओलीलाई आफैँले लेखेको गीत ‘म त कति भाग्यमानी‘’ मा नाच्न आग्रह गरेका थिए । कार्यकर्ताको आग्रहलाई ओलीले नकार्न सक्नुभएन । त्यसपछि उहाँ गीतको तालमा केहीबेर छमछम नाच्नुभएको हो ।