
साउन २१,कालिकोट । जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यको आत्म साथगर्दै कालिकोटको तिलागुफ नगरपालिका -११का धर्मबहादुर शाहीले आफ्नो जन्मदिनको अवसरमा जिल्ल अस्पताल कालिकोटका बिरामीहरुलाई फलफुल बितरण गरेका छन् ।
नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु कालिकोटका अध्यक्ष शाहीले जन्मदिनको अवसरमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै अस्पतालका बिरामीलाई फलफुल बितरण गरेका हुन्।
जिल्ल अस्पताल प्रमुख डा. रत्नवीर सुनारले घरमै सीमित रहेर मनाउनु भन्दा फरक तरीकाले जन्मदिन मनाएकोमा खुशि ब्यक्त गरे । उनले भने, ‘युवा पिडीले पनि यसरी जन्मदिन मनाउनु निकै राम्रो हो ।’
सामाजिक कार्य गर्दा आफुलाइ खुशि लाग्ने बताउदै शाहीले घरमै सीमित रहेर मनाउनु भन्दा फरक तरीकाले समाज सेवा गरेर जन्मदिन मनाउदा निकै खुशि लागेको बताए । उनले जिल्ल अस्पताललाई फेरी पनि सहयोग गरिरहने बताएका छन्




karnalipress
२१ श्रावण २०७९, शनिबार २०:२४