
नेपाल सरकारका पूर्व सुचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगले ग्रसित न्यौपानेको उपचारकै क्रममा ३ महिनादेखि भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्दमा उपचार्थ थिए ।
उनको बुधबार बिहान ४ बजे अस्पतालमै निधन भएको आफन्त उमाकान्त न्यौपानेले बताए ।
दुई छोरी र तीन छोरी रहेका न्यौपानेको एक छोरा दुबईमा रहेका छन । छोरा दुबईबाट नेपाल फर्केपछि उनको दाहासंस्कार गरिने जनाईएको छ । अहिले न्यौपानेको सवलाई काठमाडौ पशुपतिमा लगिएको आफन्त न्यौपानेले बताए ।
२०५१ सालमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित न्यौपाने नेपाल सरकारको सुचना तथा सञ्चार सहायकमन्त्री भएको थिए ।
पुर्व गाविस अध्यक्षदेखि एमालेको जिल्ला पार्टी सचिव हुँदै मन्त्री बनेका न्यौपाने अहिले पनि एमालेमै रहेका थिए । पछिल्लो समय पार्टीमा भुमिका कमै दिएका थिए ।



karnalipress
५ पुष २०८०, बिहीबार ०८:२३