
कालीकाेट, एकद्धावार संकट ब्यवस्थापन समिति (ओसीएमसी)सँग सम्बन्धीत सरोकारवालाहरुको एक दिने जिल्ला स्तरीय अभिमुखीकरण तालीम कालीकोटमा शनिबार सम्पन्न भएको छ ।
लैङ्गिक हिंसामा परेकाहरुलाई छिटोछरितो सेवा प्रदान गर्न गठन भएको एकद्धार संकट व्यवस्थापन समितिले प्रवाह गरेको सेवा र कानुनी परामर्शका बारेमा जानकारी गराउन अभिमुखिकरण तालिमको आयोजना गरिएको हो ।
कार्यक्रमा बार एसोसिएशन कालीकोटका अध्यक्ष दमनराज बमले बाल विवाहा र घरेलूहिंसाका बारेमा जानकारी गराउदै जरिवाना र सजाएकोका बारेमा सबै सहभागिलाई प्रष्ट पानु भएको थियो ।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय कालीकोटका डाक्टर राजकमल कार्कीले लैगिंक हिंसा बारे जानकारी गराउदै यो समयमा शारीरीक,मानसिक र आर्थिक हिसावले गर्दा महिलाहरु हिंसामा परेको बताउनु भयो । हिंसामा परेकाहरुलाई (ओसीएमसीले) जिल्लामा निःशुल्क उपचार र खानबस्नको व्यवस्था गर्दै आएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्याको अध्यक्षतामासुरु भएको जिल्ला स्थरिय अभिमुखिकरण तालिममा स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख रत्नबिर सुनार,जनस्वास्थ्य अधिकृत कटक महत, किर्डाक नेपाल कालीकोटका संयोजक तुलाराम पाण्डे,किर्डाक नेपाल सुर्खेतका प्रदिप बाेहाेरा,किरण पाैडेल जिल्लाका कार्यालय प्रमुखहरुको सहभागि रहेको थियो ।
कार्यक्रम युनिसेफ नेपालको सहयोग,स्वास्थ्य सेवा कार्यालय कालीकाेटकाे सहजिकरण तथा किर्डाक नेपाल कालीकाेटकाे आयोजनामा सम्पन्न भएको हो ।



karnalipress
३ पुष २०७८, शनिबार १९:११