राजनीति भागबन्डामा जिल्ला अस्पताल कालीकोट

ललित विष्ट, कालीकाेट।

कालीकोट जिल्लाको जिल्ला अस्पताल अहिले प्रमुख बिहिन छ। नौ तहको दरवन्दी रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटमा आठौ तहका कर्मचारीले सञ्चालन गदै आएपनि पछिल्लो समय राजनीति भागबन्डाले गर्दा ब्यक्ति भएपनि जिम्मेवारी नदिदा दैनिक कामकाजमा समस्या भईरहेको छ ।

आर्थिक मसान्तकै बेला कर्णाली प्रदेश सरकारको समाजिक बिकास मन्त्रालयले माओवादी आवद्ध कर्मचारी चाहिएको ब्यक्तीगत मनसायका कारणले स्वास्थ्य सेवा कार्यालय कालीकोट र जिल्ला अस्पताल कालीकोट प्रमुख बिहिन भएको हो ।

अहिले भुक्तानीका सबै काम ठप्प भएका छन् । भने केही साहेताका काम पनि हुन सकेका छैनन । यस अघि कार्यलयप्रमुखको जिम्मेवारीमा रहेका डाक्टर भिष्मप्रसाद पोख्रेल अध्यान बिदा सकेर बैशाख १४ गते हाजिर भएपनि मन्त्रालयले उनलाई प्रमुखको जिम्मेवारी दिन आनाकानी गरेका कारणले दैनिक कामकार्वाहीमा समस्या भएको छ ।

डाक्टर पोख्रेलले सरकारकै निर्देशनमा काठमाण्डौ मेडिकल कलेजबाट रेडियो डाईग्नोसिस पुरा गरेर कार्यक्षत्रमा आएपनि राजनिति पहुँचका कारणले मन्त्रालयले उनलाई कार्यालय प्रमुखको जिम्मेवारी दिन आनाकानी गरिरहेको छ । डाक्टर पोख्रेलले आफु कार्यालय प्रमुख स्वत हुनु पर्नेमा आफु भन्दा जुनियर ब्यक्ति र काज फिर्ता भएर जेठ २८ गते रमना लिएर गईसकेका ब्यक्तिलाई कार्यालय प्रमुखको जिम्मेवारीमै रहेको भनेर मन्त्रालयले दाबी गर्ने गरेको बताए ।

म कुनै राजनितिमा जोडिएको ब्यक्ति होइन, तर मेरा आफन्त जोडिएको नाताले आफुलाई सामाजिक बिकास मन्त्रालयका सचिवले जिम्मेवारी दिन नचाहेको बताए । उनले रमना गरेर गएका डाक्टर सँकेत बिश्वक्रर्मा र आफु बिच कुनै बिवाद नभएपनि मन्त्रालयले बिवाद जस्तो देखाएर माओवादी आबद्ध ब्यक्तिलाई कार्यालय प्रमुखको जिम्मेवारी दिने योजना बनाएको सुचना पाएको बताए ।

मैले प्रमुख पाउनु पर्छ भन्ने होइन, तर कानुन बमोजिम आफु अध्यान बिदाबाट कार्यालयमा हाजिर हुने बितिकै प्रमुख हुनु पर्नेमा रोक्ने र आफुलाई काजमा सुर्खेत सरुवा गरेकाले आफुलाई दुख संगै बिभिन्न शंका लागेको बताए।
माओवादीकाे अखडा बनेको स्वास्थ्य सेवा कार्यालय कालीकोटमा अहिले पनि जनस्वास्थ्य अधिकृत कटक महतको तजविजमा माओवादीकाे हालिमुहाली हुने गरेको छ।

प्रमुख बिहिन हुनुको कारणका वारेमा सामाजिक बिकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोखरेलको पनि हात रहेको एकथरीको आरोप छ । उनले राजनितिक आस्थाका आधारमा कार्यालय प्रमुख पठाउने भन्दै रोकेको र डाक्टर भिष्मप्रसाद पोखरेललाई प्रदेश अस्पताल सुर्खेतमा काज सरुवा गरेको पाईएको छ ।

सचिव पोखरेलको मोवाईल नम्वर अफ छ भने उनको कार्यकक्षमा रहेको टेलिफोन नम्वर चार वर्ष देखि बिग्रेकाले उनलाई सम्पर्क गर्ने भनेको भौतिक भेटको बिकल्प नभएको कर्मचारीको भनाई छ ।

तर डाक्टर पोख्रेल आफु कालीकोटको प्रमुख हुन पाउने भन्दै काजसरुवा जान मानेका छैनन् । यता अस्पताल बिकास समितिका अध्यक्ष गगनवहादुर मल्लले डाक्टर भिष्म अध्यान बिदामा गएकाले अब उही हैसियत खोज्न नहुने बताए । अध्यक्ष मल्लले साउन पछि प्रमुख हुनुहोला भनेर सल्लाह दिदा पनि नमानेका कारणले समस्या भएको र यस अघिकै प्रमुख डाक्टर संकेत बिश्वक्रर्मा नै प्रमुख रहने बताए ।

तर डाक्टर संकेत बिश्वक्रर्मा भेरी अस्पताल नेपालगञ्जमा आफ्नै दरवन्दीमा हाजिर भएर फेरि भाेलि कालीकाेट आउनेछन्। स्वास्थ्य सेवा कार्यालय कालीकोटमा राजनिति सौताबाजी छत्म रुपमा देखा परेको छ । मन्त्री, सचिव र अस्पताल बिकास समितिको अध्यक्ष एकै आस्थाको भएकाले कार्यलय प्रमुख पनि आफ्नै ब्यक्ति अर्थात कार्यकर्तालाई नै बनाउने योजनामा रहेको देखिन्छ। माओवादी आवद्ध कर्मचारीले अहिले धेरै समस्या थपिएको छ।