
ललित बिष्ट फागुन १४,कालीकोट। जिल्लाको पलाँता र पचालझरना गाउँपालिकाले पर्यटन प्रवर्द्धनकालागी भन्दै कर्णाली नदिमा ¥याफ्टिङ संञ्चालनको लागि सम्भाव्यता अध्यानसुरु गरेका छन् । पलाँता गाउँपालिकाको घाटाचौर देखि पचालझरना गाउँपालिकाको लाफा पडेक्षासम्म चार किलो मिटरमा ¥याफ्टिङ गरेर सम्भाव्यता अध्यानसुरु गरिएको हो ।
शनिवार एक कार्यक्रमका बिच कर्णालि प्रदेशका पुर्व मुख्यमन्त्रि महेन्द्र बहादुर शाही,पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल रास्कोट नगरपालिकाका प्रमुख कासिचन्द्र बराल,पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम,सान्नित्रिबेणि गाउँपालिकाका अध्यक्ष डम्मर शाही लगाएतको टोलीले चार किलोमिटर ¥याफ्टिङ गरेर अध्यन सुरु गरेको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाले बताए ।
उनले भने ‘पचालझरना हेर्न आउने पर्यटकहरुको प्रवर्धनका साथै आन्तरिक आय वृद्धि गर्न र रोजगारिका लागि गाउँपालिकाले सम्भाव्यता अध्यान सुरु गरेको छ । सम्भाव्यता अध्यान सफल भएको छ,अब लगतै हामिले कर्णाली नदिमा ¥याफ्टिङ संञ्चालन गर्ने छौं, हामी पचालझरना आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको पर्खाइमा छौं ।’
कर्णाली नदिमा ¥याफ्टिङ गर्दा सफल परीक्षण भएको ¥याफ्टिङ प्रयटन व्यवसायीले बताएका छन । कालीकोटको पचालझरना नेपालकै अग्लो झरनाको रुपमा चिनियको छ । यसको उचाई ३,८१ मिटर रहेको छ । नेपाल सरकारको ६४औं गनतव्य स्थानमा समेत यो झरना पर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।



karnalipress
१४ फाल्गुन २०७८, शनिबार १७:५०