विद्यार्थीलाई नि:शुल्क पुस्तक बितरण

पुस २९,कालिकोट । विद्यार्थीलाई नि:शुल्क गणित साहित्य पुस्तक बितरण गरिएको छ। जिल्लाको खाँडाचक्र नगरपालिका -३ को आर्थिक सहयोगमा जनजीवन मा.वि ताडीमा अध्यानरत विद्यार्थीलाई गणित साहित्य पुस्तक नि:शुल्क बितरण गरिएको हो ।

जनजीवन मा.वि विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण कुमार शाहिको पहलमा सोही विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई गणित साहित्य पुस्तक नि:शुल्क बितरण गरिएको छ ।

जनजिवन मा.वि विद्यालयमा अध्यनरत कक्षा ८ र ९ का १ सय ५० जना विद्यार्थीलाई नि:शुल्क गणित साहित्य पुस्तक बितरण गरियको छ। जिवनको लामो समय शैक्षिक क्षेत्रमा बितायका गणित साहित्यकार सबराज बमद्वारा लिखित पुस्तक गणित साहित्यलाई विभिन्न कबिता र अन्य साहित्य बाट प्रकाशित गरियको छ ।

विद्यालयमा अध्यन गर्ने विद्यार्थीलाई  गणितका सुत्र तथा हिसावहरु समाधान गर्न सजिलो हाेस् भन्ने हेतुले पुस्तक बितरण गरिएको  ब्यावस्थापन समितीका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए।