१८ वर्ष माथिका नागरिकलाई खोप दिने खाँडाचक्रको तयारी,

भाद्र २८,कालिकोट। कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले केही दिन भित्र नगरका १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप दिने तयारी गरेको छ ।

कोभिड जिल्ला खोप समन्वय समिति तथा अनुगमन समितिको आज वसेको वैठकले असोज १ गते देखि ३ गते सम्म नगरपालिकामा छुटेका १८ वर्ष माथिका नागरिकलाई कोभिड १९ को खोप लगाउने निर्णय भएको नगर प्रमुख जसिप्रसाद पाण्डेले जानकारी दिनु भयो । उहाँले सो समयमा सबै नागरिक खोप केन्द्रमा आएर सेवा लिन अनुरोध समेत गर्नु भएको छ ।