कूलमान आउँदा पनि हटेन बत्ती जाने समस्या

श्रावण ३१, कालिकोट।  गएरातीकोअविरल वर्षाका कारण विद्युत पोल्न ढलेपछि सुर्खेत,दैलेख,कालिकोट र जुम्लामा विद्युत अवरुद्ध भएको छ । सुर्खेतको हर्रेदेखि उत्तर पश्चिम मुरालिखोलामा पोल ढलेपछि कोहलपुर सुर्खेत ३३ केभी प्रसारण लाइनमा विद्युत अवरुद्ध भएको हो ।

विद्युत अवरुद्ध भएपछि मर्मत गर्नका लागि प्राविधिक टोली त्यसतर्फ गएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ ।

विद्युत अवरुद्ध हुदा सुर्खेत, दैलेख,कालिकोट र जुम्लाका सेवाग्रही हरुलाई समस्या भएको छ।