
जेष्ठ १९,कालिकोट। जिल्ला अस्पताल कालिकोटलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ। प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपाल कालिकोटको समन्वयमा जिल्ला अस्पताललाई १२ लाख ३ हजार ७ सय ७८ बरावरको स्वास्थ्य सामग्री सहयोग गरिएको हो।
किर्डाक नेपालको SHO कार्यक्रम अन्तरगत कोल्ड बक्स १७ वटा,आईस लाईण्ड रिफ्रिजेरेटर १ वटा,आईस प्याक फ्रिजर २ वटा बितरण गरिएको छ।
कार्यक्रममा बोल्दै किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले जिल्ला अस्पताल कालिकोटलाई पहिले देखि प्लान ईन्टरनेशनल नेपाल र किर्डाक नेपालले सहयोग गरिरहेको बताए ।
प्लान ईन्टरनेशनल नेपालका मिना पराजुलीले लामो समयदेखि कालिकोटमा किर्डाक मार्फत कोभिडको समयमा,पहिरो,आगलागि,अपठ्योरोमा परेको समयमा र बिपदको समयमा सहयोग गरिरहेको बताईन् ।
भ्याकसिन चिसो वनाएर राख्ने रामग्री कुनै पनि पालिकामा नभएको बेला प्लानले सहयोग गरेको बताईन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारि रामहरि र्शमाले यो कार्यक्रममा सहयोग पुगाउने संथाहरुलाई धन्यवाद दिदै कालिकोटमा शिक्षा,चेतना र बेरोजगारी क्षेत्रमा पनि संथाहरुले सहयोग गर्न अनुरोध गरे। उनले भने कालिकोटमा शिक्षा पाउन नसकेर आपठ्यारोमा परेका दुर दराजका नागरिकलाई सहयोग गरेमा शिक्षा स्वास्थय क्षेत्रमा सुधार हुने बताए।
स्वास्थ्य सेवा कार्यालयका निमित स्वास्थ्य सेवा ब्यवस्थापक लंकबहादर बमले स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने प्लान ईन्टरनेशनल नेपालको र किर्डाक नेपाललाई धन्यवाद दिदै आगागि दिनमा पनि यस्तो सहयोगको खाचो रहेको बताए। उनले जिल्ला अस्पतालको आवश्यकता पुरार्गन यो सामानले सहयो भएको बताएका छन् ।
लामो समयदेखि सामाजिक क्षत्रमा राम्रो सहयोग गदै आएको प्लान ईन्टरनेशनल नेपालले कोरोनाका समयमा पनि किर्डाक नेपाल मार्फत स्वास्थ्य सामग्री सहयोग गरेको थियो।




karnalipress
२० जेष्ठ २०७९, शुक्रबार ०५:२३