
श्रावण ११,कालिकाेट । नेपाली काँग्रेसका महासमिति सदस्य तथा नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहीलाई गृह जिल्ला कालिकाेटमा भव्य स्वागत गरिएकाे छ । ६ महिना अगाडि हृदयघातका कारण बिरामी भएर गम्भीर अप्रेशनबाट बाँचेर पहिलाे पटक गृह जिल्ला आएपछि कालिकाेटमा काँग्रेस नेताहरु र स्थानिय नागरिकले स्वागत गरेका हुन् ।
नेपाली काँग्रेसका सभापती हर्षबहादुर बम, उपसभापती संकर उपाध्याय, महासमिति सदस्य प्रेम शाही, महाधिवेशन प्रतिनिधि नारायण भट्टराई, बरिष्ट नेता अम्मबहादुर शाही, संगठन बिभाग प्रमुख नन्द बहादुर शाही लगायतका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
उहाँहरुले हृदयघात जितेर निकाे भएकाेमा बधाई दिदै थप स्वास्थ्य लाभकाे कामना दिदै । पाटी कार्यलयमै जिल्लाकाे पचालझरना गाँउपालिका वडा नं ९ कि स्थानिय सुदा शाही गाँउबाट सरमुकाम पुगेर अभिर लगाउदै स्वास्थ्य लाभकाे कामना गनुभएकाे छ। पछिलो समय कर्णाली प्रदेशका बिभिन्न जिल्लामा स्वास्थ्य सामग्री प्रदान गदै आईरहेको युवा नेता जगतजंङ बिष्टले जानकारी दिनुभयो।



karnalipress
११ श्रावण २०७८, सोमबार १६:२०