रक्तश्राव नरोकिएपछि सुत्केरीको उद्दार

साउन ३,दैलेख ।  दैलेखमा एक सुत्केरीको  हेलिकोप्टरबाट उद्दार गरिएको छ । आठविस नगरपालिका–५ सुगरखालकी २३ वर्षीय पवित्रा सुनारको सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो ।

पिपलकोट स्वास्थ्य चौकीमा सुत्केरीका लागि भर्ना भएकी सुनारको बच्चा जन्मिएपछि रक्तश्राव नरोकिँदा उद्दार गर्नु परेको स्वास्थ्यकर्मी गणेश शाहीले  जानकारी दिए । उनकाअनुसार सुनार र बच्चाको अवस्था ठिक भएपनि रक्तश्राव रोकिएको छैन् ।

उद्दारका लागि जिल्ला प्रशासन कार्यालय दैलेखलाई अनुरोध गरिएको र राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सुर्खेतबाट सेनाको हेलिकोप्टर पिपलकोट पुगेको बताईएकाे छ। उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सिफारिस गरिएको हाे ।