ललित विष्ट चैत्र १७,कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहाँस्थित गोरालवाडाकी १६ वर्षीय वालिका निरु विक हत्या आरोपमा पक्राउ परेका अने नेपाली जेल चलान भएका छन्। फागुन ५ गते काठमाडौँबाट पक्राउ परेका उनलाई फागनु ८ गते म्याद थपगरी अनुसन्धानकोलागि जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्ला अदालत कालिकोटमा पठाएको थियो ।
पक्राउ परेका दुई जना मध्य खाँडाचक्र नगरपालिका वडा नं ३ ताडीमा बस्दै आएका ४७ वर्षिय अने नेपालीलाई जिल्ला अदाल कालिकोटले पुरपक्षकालागी जेल चलान गरिएको हो । भने खाँडाचक्र नगरपालिका–६ कै वर्ष ३० की कमला विक सामान्य धरौटीमा छुटेकी छन्।
‘अने नेपाली र कमलाको विषयमा अनुसन्धान सम्पन्नगरी अदालतमा वुझाएपछि उनिहरुलाई धरौटीमा छुटाउने वा राख्ने न्याधिसको अदेशमा भर पर्ने हुन्छ । थुनचेक आदेशमा जेल चलान गरीएको हो ।’ सरकारी वकिल सिताराम राउतले भने ‘अने नेपाली थुनामा राखि अनुसन्धान गर्ने गरी न्याधिसको आदेश अनुुसार थुनचेक गरीएको छ।’
निरुको हत्या भएको १८ महिनापछि दुई जनालाई कालिकोट प्रहरीले पक्राउ गरी विस्तृत अनुसन्धान थालेको थियो । विशेष अनुसन्धान अधिकृतहरूलाई खटाएर अनुसन्धान गदै आएको प्रहरीले १८ महिना पछि घटनामा सङ्लन रहेको पुष्टि गदै दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
पक्राउ पर्नेमा निरु विकको अन्टी खाँडाचक्र नगरपालिका–६ कै वर्ष ३० की कमला बिक र सोही ठाउँका दाइ नाता पर्ने वर्ष ४७ का हाल खाँडाचक्र नगरपालिका वडा नं ३ ताडी बस्दै आएका अने नेपाली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार सुरु देखि अनुसन्धान गर्दा घटनामा सङ्लन छन् भन्ने आधार भेटिएकाले अनुसन्धानमा राखेको र केही प्रमाण फेला परेपछि पक्राउ गरी अदालतबाट म्याद गपगरी विस्तृत अनुसन्धान सुरु गरेको बताए । उनले भने ‘पुराना पेन्डिङ्ग मुदा (अनुसन्धान पुरानभएका) मुदाहरु प्रथाकिक्तामा राखि अनुसन्धन थालिएको छ ।’
पक्राउ परेकी कमलाले भदौ ४ गते निरुवालाई ओढ्ने पछ्यौरी समेत दिएको खुलेको थियो। निरु विक २०७८ साल भदौ चार गते घरबाट साँझ निस्किएकी थिइन। निरुको चार दिनपछि भदौ सात गते आधा शरीर जङ्गली जनावरले खाएको अवस्थामा शव फेला परेको थियो। घटनामा रबै प्रमाण मेटिसकेकाले प्रहरीलाई तत्काल अनुसन्धान गर्न असहयोग पुगेको थियो। यो घटना रहस्यमय भएको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले सुस्म अध्ययन गरिरहेको थियो।
पक्राउ परेकी निरु विककी अन्टी नातापर्ने कमला विक रिहा भएकी छन्। उनलाई जिल्ला अदालत कालिकोटले सामान्य धरौटीमा छोडिदिएको छ । पक्राउ परेकी निरु विककी अन्टी नातापर्ने कमला विक रिहा भएपछि घरपरिवार ससंकृत भएका छन्। पक्रउपनुपर्ने मुख्य पात्र रिहा भएको भन्दै घरपरिवार आक्रोश भएका छन्।
karnalipress
१८ चैत्र २०७९, शनिबार ०७:१९