कर्णालीमा एमाले अध्यक्षका आकाङ्क्षि धेरै

असाेज ९, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व लिन जाजरकाेटका नेता वर्तमान कर्णाली प्रदेशका उपाध्यक्ष लालबहादुर महताराले अध्यक्षकाे उम्मेदवारी दिने तयारी गरेका छन् ।
स्रोतका अनुसार,आइतबार भएको प्रतिनिधिहरुको भेलाले
लालबहादुर महतारालाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने सहमति भएको छ ।

कर्णालीको अध्यक्षमा प्रदेश उपाध्यक्ष लालबहादुर महतारा, योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही,पूर्वसभामुख राजबहादुर शाही,गुलाफजङ शाह,प्रेम सिंह र प्रकाश राेकाया पनि अध्यक्षका आकाङ्क्षि छन् । यी मध्ये मिन बहादुर शाही उम्मेदवार बन्ने लगभग पक्का देखिएकाे छ।