कर्मचारी युनियनको कर्णाली प्रदेशको प्रमुखमा नारायण भट्टराई नियुक्त।

१० पुस, कालिकोट । स्थानीय तह कर्मचारी युनियन नेपाल केन्द्रीय कार्यसमितिको मंसिर २३ गतेको बैठकले बराहाताल सुर्खेतमा कार्यरत नारायण भट्टराईलाई कर्णाली प्रदेशको प्रमुख जिम्मेवारी दिइएको छ।

बिगत लामो समय देखि कर्मचारी युनियनमा आबद्ध भई कर्मचारीको हक अधिकारको लागि लडदै, आएका भट्टराई लोकतन्त्रका आदर्श मुल्य मान्यतालाई आत्मसात गर्दै स्थानीय तहमा कार्यरत लोकतन्त्रमा आस्था राख्ने कर्मचारीहरु लाई गोलबन्द गरि पेशागत माग र मुद्दालाई शसक्त ढङ्गबाट उठान गर्दै कर्मचारीहरुको वृत्ति विकास सेवा सुरक्षालाई केन्द्रमा राखि काम गर्न, कर्मचारी युनियनको जिल्ला स्तरमा संगठन बिस्तार तथा सुदृढीकरण गर्न र स्थानीय सरकार तथा प्रादेशिक सरकारमा सुशासन अभिवृद्धि लगायत बिषयमा भट्टराईको महत्त्वपूर्ण भूमिका रहेको भन्दै कर्णाली प्रदेशको स्थानीय तह कर्मचारी युनियनको प्रमुख जिम्मेवारी दिएको बताइएको छ।

२०७८ मंसिर २३ गतेको बैठकले भट्टराईले स्थानीय तहमा कर्मचारीको हक हित र अधिकारको लागि अतुलनीय योगदान रहेको विश्वास सहित कर्णाली प्रदेश स्थानीय तह कर्मचारी युनियनको प्रमुख जिम्मेवारी दिएको जनाइएको छ।