सांसद महेन्द्रबहादुर शाहीले दिए विवादास्पद अभिव्यक्ति

पुस २०, कालिकोट । माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले दिएको एक अभिव्यक्तिले यतिवेला विवाद निम्ताएको छ । उनले कालिकोटको एक मिडियामा कालिकोटे जनताले गाडी समेत चढ्न सक्ने हैसियत नभएको भन्दै अभिव्यक्ति दिएका थिए ।

नेता शाहीको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाईरल छ । ‘कालिकोटे जनताको गाडी समेत चढ्न सक्ने हैसियत नभएको अभिव्यक्ति पछि,जनताले जितायर सदनमा पठएको तर अहिले आएर जनताको हैसियतको कुरा गरेकोमा बिरोध जनाएका छन्।

जनताको लागी राजनीती गर्ने भन्दै आएका नेता शाहीले दिएको यस्तो अभिब्यक्तीले समाजमा कत्ती आँच आउला यो बारे गैरजीम्मेवार प्रष्टिएको छ । उनले कालिकोट जिल्लाको सुनथराली विमानस्थलमा पेलेनल्यान्डको विषयमा कुरागर्दै पेलेन चढ्ने हैसियत कसरी हुन्छ, भन्ने भास्य देखाएका हुन्।

उनले कालिकोटबाट प्रतिनिधि सभामा सुनथराली विमानस्थलमा पेलेनल्यान्ड कहिले हुन्छ,भनेर दवाब दिनुको सट्टा जनता माथिनै नराम्रो भाब्य बोलेका हुन्। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका शाही कर्णालीमा मुख्यमन्त्री हुदा पटकपटक बिवादमा तानिने गरेका थिए । उनले दिएको अभिव्यक्तिले सुनथराली विमानस्थलमा पेलेनल्यान्डको सम्भावना नदिखिएको जानकारहरुले बताएका छन्।