
बैशाख १४,कालिकोट। कालिकोट जिल्लाको पलाता गाउँ पालिकाले पलाँतामा युवा रोजगारका लागि एक पर्यटन ब्यबसाय पलाँता मल्ट्रि प्रोडक्ट एन्ड कन्ट्रक्सन प्रा लिको लगानिमा युवा नेता बमले र्याफ्टिङ सेवा सुरु गरेका छन ।
पलाँता ९ बालुवामा रेष्टुरेन्ट र माछापोखरि सहित राम्रो होटल ब्यबसाय संचालन गरेर ३५ जना युवा र र्याफ्टिङमा १५ जना युवा , लाफामा रेस्टुरेन्ट र होटल संचान गरि २५ जना लाफा पलाँता २ जिप संचालनमा ल्याएर २ जना युवा गरि ७९ जना युवालाई रोजगार दिने गरि लगानि सुरु गरेको पलाता मल्टि प्रोडक्सनको भनाई छ ।
पचालझरनामा आएको पर्यटकहरु लाई एक दिन पलाँतामा राखेर र्याफ्टिङ गराई कयारदेव हुँदै रारा पुगाउने गरि सडक संजाल गाउँ पालिकामा ठेक्का सुरु गरि काम सुरु गरेको छ । पलाँताबाट मुगुको सिमान जोड्न ३२किलोमिटर सडक संन्चालनमा ल्याएको छ ।
karnalipress
१४ बैशाख २०७९, बुधबार २१:१५