चर्को भाडा असुलीको र्मकामा नागरिक

भाद्र ७,कालिकोट । कर्णाली करिडोरमा यातायात समितिको चर्को भाडा असुल्ने गरेका छन्। मान्म देखि सेराचौर जानका लागि ४७ किलोमिटर सडकको दुरी पार गर्नु पर्छ । ४७ किलोमिटरको भाडा एक हजार छ।
मान्मवाट रास्कोट सेराचौर सम्म जान ४७ किलोमिटरको सडक यात्रा गर्दा एक जनाले रु एक हजार रुपियाँ तिर्नु पर्छ भने झोला वाहेकको केही सानो पोका समान थप भएमा त्यसको छुट्टै भाडा तिर्नु पर्छ ।
सुरुमा (रोड प्रमिड) यात्रायात सञ्चालनको अनुमति दिदा तीन सय ५० रुपियाँ भाडा कायम गरिएको थियो । त्यसपछि लगातार भाडा बृद्धी गरेर अहिले एक हजार रुपियाँ पुगाईएको छ ।

कालिकोटको लालीघाट वजार देखि पलाँताको घाटाचौर र रास्कोटको सेराचौर सम्म बिभिन्न यातायात समितिले सेवा दिईरहेका छन । लालीघाटवाट सेराचौर सम्मको भाडा सुरुको तीन सय हो । अहिले आएर सात सय तिर्नु परेको छ ।

रास्कोट २ का कुलप्रसाद सिम्खडाले सात सय तिरेर पनि समयमा यात्रा गर्न नपाउदा थप सास्ती खोप्नु परेको सुनाए । सात सय तिरेर समयमै यात्रा गराउने भए त केही लाग्ने थिएन । गाडीका सिट भन्दा दोब्बर यात्रु पुग्नु पर्छ नत्र एक दिन भरी वस्नु पर्छ सिम्खडाले गुनासो गरे ।

गाडीमा दश जना चढ्न मिल्ने सिटको अनुमति भएकाले १५ जना अनिवार्य राख्ने गरेका छन । पलाँता ९ का नन्दसिहं बमले ३२ किलोमिटरको भाडा सात सय तिर्नु परेको सुनाए । उनले सुरुमा २५० रुपियाँ थियो, कोरोना पछि एकाएक सात सय पुगाए । कसैले भाडाका वारेमा वोल्दैन । किन यती भाडा भनेपछि समितिका मान्छेले गाडी छैन भन्छन, त्यसैले पनि चुप लागेर तिर्नु पर्ने वाध्यता छ बमले भने ।

सेराचौर काउन्टर इन्चार्ज देवनाथ योगीले सडकका कारणले भाडा बृद्धी गर्नु परेको छ । पाँच पटक सम्म गाडी चलाएमा एक लाख वरावरको खर्च आउने भएकाले भाडा बृद्धी गर्नु परेको उनले बताए।

जिल्ला भाडादर निधारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले भाडा चर्को लिएको गुनासो निकै आउने गरेको तर कर्णाली राजमार्र्गको भाडा कायम गरेको लिस्ट नआएकाले करिडोर र त्यहाँवाट बिभिन्न स्थानीय तहमा चल्ने यातायातको भाडा कायम गराउन नसकिएको वताए । उनले नयाँ भाडा राजमार्गहरुको आउने बितिकै आफु र प्रहरी प्रमुख आफै खटिएर भाडा निधारण गर्ने र त्यही अनुसार कार्यन्वय गराउने बताए।