कैलालीमा सालको काठसहित २ जना पक्राउ

कैलाली- जिल्लाको मोहन्याल गाउापालिकामा काठ चिरान गरिरहेको अवस्थामा २ जना पक्राउ परेका छन्।

सोही गाउँपालिका वडा नम्बर ७ संगम सामुदायिक वनको बडिआममा अबैध रुपमा काठ चिरान भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ईलामा जिल्ला फागुनन्दा गाउँपालिका-७ का २६ बर्षका विक्रम लिम्बु र २४ बर्षका अर्जुन लिम्बु रहेका छन्।

प्रहरीले पक्राउ परेका साथबाट काठ चिर्ने मेसिन (चेन्स) १ थान, ३.४ फुटका कडी ३१, ७ फुटका पट्रा ३६ थान, २.४ ईन्चको कडी ६ थान बरामद गरेको छ। दुवै जनालाई आवश्यक कारवाहीका लागि मेसिन र काठसहित संगम सामुदायिक वनमा बुझाईएको प्रहरीले जनाएको छ।