पलाँता सरकारले फेरेको [राडुनेटा]

कार्तिक १,कालिकोट। कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा स्थानीय सरकार आएपछि पलाँतासरकारले राडुनेटाको मुहार फेरेको छ । पलाँता गाउँ पालिका वडा नम्बर २ राडुनेटा लाई कुनै बेला खौला भनेर चिनिन्थ्यो त्यही खौला राती तिर आवात जावत गर्न समेत समस्या मान्ने पलाता २ बासी अहिले दिनमा एक चोटि जाने धोको राखेको देखिन्छ । प्रयोग मैत्रि र सुबिधा युक्त स्वास्थ्य भबनले झन राडुनेटाको बिशेस्तामा उजागर गरेको छ ।

राडुनेटाले सडक छोए पछि झन पलाँता बासिलाइ जितेगडा थिर्पु देखि खाद्यान्न बोक्न टरेको छ । पलाता सरकार आएपछि रोड लाई पहिलो प्राथमिकता दिदै अहिले पलाँताका केही वडामा साझा यातायात गुडेको देखिन्छ । झन वडा नम्बर २ का प्रतेक टोलमा सडक संजाल जोडिए पछि पलाता बासी लाई फाइदा भएको भन्दै चिसापानी देखिको नुन बोकेको सुनाउनु हुन्छ पलाता २ बासी ६४ बर्सिय संक प्याँकुरेल उहाँ भन्नू हुन्छ पलाँता सरकार आएपछि अहिले धेरै सजिलो भयो ।

भारी बोक्ने समस्या हट्यो विशेषगरी सरकार प्रमुख लक्ष्मण बम लाई धन्यवाद दिदै अझै पलाँता सरकार र अध्यक्ष बमलाई अबरुद्ध नगरि काम गर्न दिएको भए धेरै परिबर्तन भैसक्थ्यो भनेर धेरै जनताले गुनासो गर्ने गरेका छन । त्यस्तै सरस्वती मा बि राडुनेटाको बिद्यालयमा पहिले चौरमा पढ्नु पर्ने बाध्यता थियो त्यो धुलो माटो सङ्गै खेलिरहेका बिधार्थिको बिधालय जानू पुर्ब उज्यालो अनुहार फर्किने बेला माटोले भरिएको अनुहार लिएर फर्किनु पर्थ्यो पढाइका लागि बस्न ढुङ्गा प्रयोग गरिन्थ्यो अहिले पलाता सरकारले पक्की भवन बनाए सङ्गै डेस्क बेन्च कार्पेटको ब्यबस्था गरेको छ । त्यस्तै घरका मान्छे बाहिरिदा अर्को मान्छे सङ्ग खबर (रैबार) पठाउने पलाँता अहिले 4G सेवा मार्फत भिडियो कल गर्ने ब्यबस्था भए संगै नमस्ते टावरले झन राडुनेटाको सुन्दरता बडाएको छ ।

त्यस्तै बिद्यार्थी पढ्दा झरो बाल्ने बाध्यता पलाँताले अहिले रातभरि बल्ने बत्तिले युद्ध पर्यटकीय क्षेत्र राडुनेटाको सुन्दरता बडेको छ । पलाँता सरकारले गरेको बजारिकरणले खाद्यान्नमा सौलियत मिलेको छ । लालु लोखाडा जुम्ला देखिको अन्न ल्याउने त्यो पल हटेको छ । युद्ध पर्यटकीय क्षेत्रको स्याउ बगैँचा घेरबारले झन राडुनेटाको सौन्दर्य बडेको छ । त्यस्तै वडा नम्बर २ मा राती नाउला कुवा धारा कुर्नु पर्ने पानिको समस्या टरेको छ ।

वडा नम्बर २ मा गाग्री सम्मेलन गरेको ठाउँमा अहिले दिन भरी पानी बगिरहेको देख्न सकिन्छ । पलाँता सरकारले सिचाई गर्नका लागि ठुल ठुला ट्याङ्कीले सिचाईमा टेवा पुग्ने गरि निर्माण कार्यको प्रकृयामा लागेको छ । त्यस्तै सरकारले पलाँताका विभिन्न ठाउँमा नर्सरि संन्चालनमा ल्याए पछि बोट बिरुवामा समेत सजिलो भएको छ ।